५२ पदाधिकारीको निर्णय सुनाउने मिति २१ दिन सारियो
काठमाडौं । सर्वोच्च अदालतले ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति सम्बन्धमा अन्तिम निर्णय सुनाउने मिति सरेको छ । बुधबारका लागि तय भएको भए पनि अन्तिम समयमा ‘निसु’ सारिएको सर्वोच्च अदालतले जनाएको छ । असार १८ का लागि अर्को ‘निसु’ तोकिएको छ । ५२ जना पदाधिकारीको नियुक्ति गैर संवैधानिक भएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।अध्ययनका लागि समय नपुगेर पेसी सारिएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।