नेपाल इन्भेष्टमेण्ट मेगा बैँकद्वारा नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यहरूलाई विभिन्न सेवामा छुट

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबिच व्यावसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र एसोसिएसनबाट अध्यक्ष ई.सुभाषचन्द्र बरालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई बैक विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गरिएको छ ।

यसअनुसार एसोसिएसनका सदस्यहरूलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरूमार्फत प्रोफेसनल बचत खाता खोली १० लाख रुपैयाँको दुर्घटना बीमा सुविधासहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा र डेबिटरक्रेडिट कार्ड, मोबाइल बैकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी प्रमुख कार्यकारी अधिकृत पाण्डेले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *