सिटिजन्स बैंकद्वारा सुदूरपश्चिम प्रदेशमा वृक्षारोपण
काठमाडौँ । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ साल बिहीबार सुदूरपश्चिम प्रदेशको धनगढीमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२५ को अवसरमा बृहत् वृक्षारोपण कार्यक्रम वडा नम्बर ३ कार्यालय परिसर, धनगढी मा करिब १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानहरूमा स्वस्थ शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं मठ मन्दिरहरूमा सहयोगहरू गरिसकेका छ ।