दुर्घटनास्थल पुगे मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २४१ जना यात्रुको मृत्यु भएको विमान दुर्घटनास्थलमा पुगेका छन् ।

आज (शुक्रबार) दुर्घटनास्थलमा पुगेको जनाएको छ । उनी घटनास्थल वरिपरि हिँडेको र ब्रिफिङ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् भने उनले सञ्चालकर्मीसँग भने बोलेका छैनन् । उनीसँग नागरिक उड्डयन मन्त्री किन्जारापु राम मोहन नायडुसहित अन्य वरिष्ठ अधिकारीहरु पुगेका थिए । अहमदाबादबाट लन्डनतर्फ उडेको एक मिनेटभित्रै एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल नजिकै रहेको चिकित्सकहरुको आवासीय क्षेत्रमा विमान खस्दा भवनमा भएका मानिसहरु समेत गम्भीर घाइते भएका थिए ।

विमानमा सवारमध्ये एक जना यात्रु मात्र बाँच्न सफल भएका थिए भने अन्य २४१ जनाको मृत्यु भएको थियो । दुर्घटनामा जीवित रहेका व्यक्ति भारतीय मुलका बेलायती नागरिक ४० वर्षीय विश्वास कुमार रमेश हुन् । उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *