नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्य समितिको बैठक
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाइएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।