संसदको अवरोध खुलाउने विषयमा विपक्षी दलका नेताहरु आजपनि छलफलमा
काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा विपक्षी दलका नेताहरु आजपनि छलफलमा जुटेका छन् ।
निरन्तर जारी रहेको छलफल सहमति नजिक पुगेको बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद बैठक अघि विपक्षी दलहरुको बैठक बोलाएका छन् । संसद्को अवरोध खुलाउने विषयमा कांग्रेस, एमाले र माओवादीबीच दुई बुँदे सहमति हुन लागेको दाबि गरिएको छ । तर, अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई बुँदेमा सहमत भएको छैन ।
दुई बुँदेमा पहिलो बुँदामा अख्तियारले हाल गरिरहेको छानबिनलाई सहयोग गर्ने र दोस्रो बुँदामा सरकारले २०६४ देखि कै भिजिट भिसा प्रकरण छानबिन र अनुसन्धान गर्ने भन्ने उल्लेख छ । यो प्रस्तावमा सत्तारुद दल नेकपा एमाले र कांग्रेस सहमत भएका छन् ।