हामीले नाफाका लागि मात्रै सोचेर कहिल्यै व्यवसाय गरेनौं : अध्यक्ष ढकाल
काठमाडौं । शुक्रवार आईएमई ग्रुपको २६ औं वार्षिकोत्सब कार्यक्रममा नेपाल उद्योग वार्णिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूहरूले नाफाका लागि मात्रै सोचेर कहिल्यै व्यवसाय नगरेको बताएका छन् । अध्यक्ष ढकालले आफूहरूले नाफाका लागी मात्रै नभएर सेवा व्यवसाय गर्ने गरेको बताए । ‘हामी, पर्यटन, जलविद्युत देखि डिजिटलाईजेसनसम्मका काममा सामेल भएका छौं । हामीले नाफाका लागि मात्र भनेर कुनै व्यवसाय सुरु गरेनौं । यसकारण सबै नागरिक, सरकारले हामीले सहयोग गर्यो, अध्यक्ष ढकालले भने, ‘वास्तवमा त्यतिबेला निजी क्षेत्रलाई विदेशी मुद्राको कारोबार गर्न दिनु महत्त्वपूर्ण र ठूलो काम थियो । उनले आईएमई स्थापनाको समय सम्झिदै भने, ‘विदेशमा बस्नेहरूले पैसा नेपालमा पठाउने वातावरण मिलोस् भनेर हामीले सामान्य ड्राफ्ट गरेर प्रस्ताव गरेका थियौं । त्यसरी सुरु गरेको सो प्रस्तावमा सफलता होला र सम्भव होला भन्ने सोचेका थिए । त्यो बेलामा नेपाल राष्ट्र बैंकले निजि क्षेत्रलाई विश्वास गरेको त्यो कदम निकै उदारीकरण थियो । उनले महिनाको २० लाख डलर आईएमई मार्फत भित्र्याउने कुरा गर्दा असम्भव जस्तै ठान्ने गरेको सुनाए । तर, अहिले कुल रेमिट्यान्सको ५० प्रतिशत आईएमईबाट कारोबार हुने उनले बताए । रेमिट्यान्सको रकम सरकारले औपचारिक बाटोबाट ल्याउन खोजेको थियो भने, विदेशमा बस्नेले पनि पैसा पठाउने औपचारिक बाटो खोजी रहेका थिए । त्यो समयमा हामीले यो सेवा सुरु गरेका थियौं । अध्यक्ष ढकालले आगामी दिनमा पनि नाफामुखी मात्रै नभएर सेवामुखी भएर काम गर्ने बताए ।