उद्योग संगठन मोरङमा राठी निर्विरोध निर्वाचित

विराटनगर । उद्योगीहरुको साझा संस्था उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन । उनी यसअघीको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । संगठनको शनिवार सम्पन्न ५२ औ साधारण सभाले अध्यक्ष सहित सवै पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको हो । समितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ । संगठनको वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, प्रथम उपाध्यक्षमा सुरेन्द्र गोल्छा, द्धितिय उपाध्यक्षमा विपीन कावरा र तृतिय उपाध्यक्षमा सुवोध कोइराला तथा कोषाध्यक्षमा पारस लुनिया छानिएका छन । त्यसैगरी कार्यसमिति सदस्यमा सिद्धार्थ कावरा, वीरेन्द्र राठी, सौरभ सारडा, दीपकुमार अग्रवाल, जयेन्द्रकुमार शर्मा, सन्तोश भगत, सृजन प्याकुरेल र उकेश अग्रवाल छनौट भएका छन । त्यसैगरी नयाँ कार्य समितिले शनिवार नै महिलामा किरण व्याससहित प्रतिक राउत र पारस गोल्छालार्ई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संगठनमा पदाधिकारी छनौट गर्ने हैसियतका १८३ सदस्य उद्योगी प्रतिष्ठान आवद्ध छन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *