नेप्सेमा सामान्य वृद्धि
काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य वृद्धि भएको छ ।
आज नेप्से ०.४७ अंकले बढेर २६५५. ८५ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३०८ कम्पनीका २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज ग्रीन डेभलपमेन्ट बैंकको सेयर मुल्यमा सकारत्मक सर्किट लागेको छ भने पियोर पावर र छ्यांदी हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै बरुण हाइड्रोको शेयर मुल्य ९.८४ प्रतिशतले र युनियन हाइड्रोको सेयर मुल्य ९.३४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी नेपाल हाइड्रोको शेयर मुल्य ४.४३ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार सानिमा माई हाइड्रोको शेयर ८९ करोड एक लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।