प्रभु बैंक र होटेल हिमालय सेरेन भ्युबीच छुट सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र होटेल हिमालय सेरेन भ्युबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासतालस्थित उक्त होटलमा छुट दिने सम्झौता भएको हो ।
प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले खाना र पेय पदार्थमा १० प्रतिशत साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन । सो छुट सेवा सुविधा होटेल हिमालय सेरेन भ्यु मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा होटेल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेल को संयुक्त हस्ताक्षरबिच सम्पन्न भयो ।