प्रभु मेनेजमेन्टबाट सहकारीको रकम फिर्ताका लागि भक्तपुर बचत संघको पहल

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले संघमा आबद्ध १८ वटा संस्थाहरुको ५२ लाख भन्दा बढी रकम प्रभु मेनेजमेन्ट प्रा.लिबाट फिर्ता गर्ने भएको छ । प्रभु मेनेजमेन्ट प्रा.लि.ले मुुलुकभर रहेका प्रभु रेमिन्टको सेवा दिदैं करोडौ बचत तथा धरौटी लिएकोमा विगत २ बर्षदेखि उक्त कम्पनीले सम्झौता अनुसार भुक्तानी गर्नु पर्ने रकम भुक्तानी गरेको छैन । कम्पनीले सम्पूर्ण सेवाहरु बन्द गरी सहकारी संस्थालाई दिनुपर्ने रकम भुक्तानी नगर्दा सहकारी संस्थाहरु अप्ठ्यारामा परेका छन् । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुको नेतृत्वमा बंगलामुखी साकोसका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठ, युवा साकोसको व्यवस्थापक विनोद लामिछाने, शंखधर साकोसका व्यवस्थापक राजेन्द्र कायष्ठ लगायतको उपस्थितिमा काठमाण्डौमा रहेको प्रभु मेनेजमेन्ट प्रा.लि.को कार्यालयमै गई इन्चार्ज रामचन्द्र नेपालीलाई यथाशिघ्र रकम फिर्ताको लागि अनुरोध पत्र बुझाएका छन् ।

प्रभु मेनेजमेन्ट प्रालिका रामचन्द्र नेपालीले पत्र बुझ्दै प्रभु मनिट्रान्सर्फरले प्रभु मेनेजमेन्टलाई सम्झौता अनुसार भुक्तानी दिनुपर्ने रकम भुक्तानी नहुदाँ सहकारी संस्थाको बचत फिता गर्न नसकेको बताए । उनले प्रभु मनिट्रान्सफरसंग रकम भुक्तानीका लागि कानुनी उपचार खोजिदै आएको बताए । मुद्दा नटुगिएसम्म सहकारी बचत फिर्ता गर्न नसकिने भएकोले मुद्दा टुगिन्जेलसम्म पर्खनका लागि समेत अनुरोध गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *