सभामुखले गरे अर्याल र लिङ्देनसँग छुट्टाछुट्टै छलफल
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध जारी रहेपछि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका छन् ।
रास्वपा कार्यवाहक सभापति अर्यालसँग बानेश्वरस्थित सभामुख कार्यकक्षमा छलफल गर्दै सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरु गर्नै पर्ने बाध्यता रहेकोले अवरोधको स्वरूप बदल्न आग्रह गरेको बताइएको छ । त्यसैगरी रास्वपा कार्यवाहक सभापति अर्यालले आफूहरूको अवरोध जारी रहने र संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता जनाएको बताइएको छ ।

त्यसैगरी सभामुख घिमिरेले यता अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसद्को अवरोध हटाउन आग्रह गरेको बुझिएको छ । तर छलफल भने सभामुखले छुट्टाछुट्टै गरेको बुझिएको छ । सभामुख घिमिरेले अध्यक्ष लिङ्देनसँग टेलिफोनमा कुराकानी गरेको सचिवालयले जानकारी दिएको छ ।