सुनको मुल्यमा आजपनि बृद्धि

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।  यसअघि शुक्रबार सुन तोलाको एक लाख ९७ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २१६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *