चामलमा आत्मनिर्भर बनाउने योजना सकारात्मक : पूर्वअर्थमन्त्री कार्की
काठमाडौं । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आउँदो दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने सरकारको योजना सकारात्मक भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा उनले यसका लागि अहिलेदेखि काम सुरु गर्न सरकारको ध्यानाकर्षण गराए । सरकारले आगामी आर्थिक वर्षको बजेटमा चामलमा आत्मनिर्भर बनाउने योजना ल्याएको छ । कृषिप्रधान मुलुक भए पनि भारतलगायत तेस्रो मुलुकबाट ५० अर्ब रुपैयाँभन्दा बढी मूल्यको चामल आयात भइरहेको छ ।