रास्वपाका सांसद निलो रिबन लगाएर संसद् भवनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आजको प्रतिनिधिसभा बैठकमा मानव तस्करीविरुद्धको अभियानलाई समर्थन जनाउँदै निलो रिबन भिरेर संसद् भवन प्रवेश गरेका छन्।

सांसदहरू बैठक सुरु हुनुअघि संसद् भवनको मुख्य गेटअगाडि उभिएर सामूहिक तस्बिर खिचाएका थिए। रास्वपा सांसद मनिष झाले आफूहरूले लगाएको निलो रिबन मानव तस्करीविरुद्धको अन्तर्राष्ट्रिय अभियानको प्रतीक भएको स्पष्ट पारे।

उनले भने, “यो रिबनले मानव तस्करी रोक्नको लागि हाम्रो ऐक्यबद्धता जनाउँछ।” यसअघि उनीहरूले संसदमा नाराबाजी र सभामुखको आसनअघि पलेँटी कसेर विरोध गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *