आर्थिक पत्रकारका संस्था सेजन, नाफिज र फेजालाई एक–एक करोड अनुदान

काठमाडौं । आर्थिक पत्रकारहरुको तीन वटा संस्थालाई सरकारले एक–एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ को लागि सञ्चार मन्त्रालयबाट भुक्तानी हुने गरी एक एक करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वार्षिक विकास कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज (सेजन), नेपाल आर्थिक पत्रकास संघ (नाफिज) र महिला आर्थिक पत्रकार संघ (फेजा)लाई सञ्चालन अनुदान मार्फत उक्त बजेट विनियोजन हो । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार अर्थ मन्त्रालयले यी संस्थाको लागि बजेट राखिदिएको हो ।

यस्तो बजेट यस अघि अर्थ मन्त्रालयबाट भुक्तानी लिने गरेकोमा यो वर्षदेखि भने सञ्चार मन्त्रालयबाट लिनुपर्ने भएको छ । उक्त बजेट संसदबाट पारित भएपछि यस अघि जुन प्रक्रिया र विधिबाट लिँदै आएका थिए सोहीमार्फत पाउने उनले जानकारी दिए । आर्थिक पत्रकारको संस्थाले यसअघि अर्थ मन्त्रालयबाट पाउने बजेटलाई नै सञ्चारबाट भुक्तानी हुने भएकोले उक्त बजेट सशर्त नभएर निशर्त नै भएको जानकारी पनि ठाकुरले दिएका छन् । सञ्चार मन्त्रालयले नेपाल पत्रकार महासंघलाई सञ्चालन तथा पुँजीगत अनुदानवापत ३ करोड रुपैयाँ विनियोजन गरेको छ । सञ्चार मन्त्रालयले आमसञ्चार,सञ्चार क्षेत्रसम्बन्धी संघ,संस्थालाई १ करोड रुपैयाँ अनुदान दिने गरी बजेट विनियोजन गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *