गायिका रचना रिमाल स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षामा सहभागी
काठमाडौं । गायिका रचना रिमाल आज अथात् बुधबारदेखि सुरु भएको स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षामा सहभागी भएकी छन् ।
प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसकी विद्यार्थी रहेकी रचनाले परीक्षामा भाग लिएकी हुन् । शनिबार डिस्चार्ज भएकी उनले घरमै आराम गरिरहेकि थिइन भने आजबाट बाट सुरु परीक्षा दिन उनी परीक्षा केन्द्रमा पुगेकी हुन् । आन्द्राको संक्रमण भएपछि उनले केही दिन ह्याम्स अस्पतालमा भर्ना भएर उपचार गरेकी थिइन् ।
गतसाता सांगीतिक प्रस्तुति दिन रुकुम पश्चिम जाने क्रममा उनी बिरामी परेकी थिइन् । त्यसपछि सेनाको हेलिकोप्टरबाट उद्वार गरेर रचनालाई नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको थियो ।