राप्रपाले गर्यो आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसामा छानबिन समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ ।
प्रतिनिधिसभा बैठकमा राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभए आफूहरूले आजको बैठक पनि बहिस्कार गर्ने बताएका थिए ।
त्यसैगरी बैठक जारी रहेको छ भने रास्वपाले भने आजको बैठकमा पनि आफ्नो विरोध कायमै राखेको छ ।