आइतबार पनि रास्वपाले प्रतिनिधि सभामा विरोध गर्यो

काठमाडौं । आइतबार पनि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विरोध गरेको छ ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राखेर विपक्षी दलहरूले जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् । ३० जेठमा दुई बुँदे सहमति गरेर माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी संसद्को कारबाहीमा फर्किएका छन् । तर, रास्वपा र राप्रपा निरन्तर विरोधमा छन् ।

अन्य दिन झैँ आजपनि बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरेका थिए । सभामुखले समय दिएपछि रास्वपाका सांसद असिम शाहले एक महिनादेखि संसद्मा नाटक मञ्चन भइरहेको बताए । मानव तस्करी जस्तो विषयमा सरकार गम्भीर नभएको उनले आरोप लगाए । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति गठन हुनुपर्ने उनको माग छ ।

विगतका एक जना सांसद संसद्मा उभिए पनि विरोध हुने र कुनै पनि मन्त्रीमाथि प्रश्न उठेपछि राजीनामा आउनुपर्ने भनेर गृहमन्त्री रमेश लेखकले भन्ने गरेको उनले स्मरण गरे । तर, आफैँमाथि गम्भीर प्रश्न उठ्दा समेत राजीनामा नदिएको बताएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *