प्रभु बैंकका ग्राहक र कर्मचारीले बेगनास लेक फ्रन्ट रेस्टुरेन्टमा छुट पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले कास्की पोखराको बेगनास लेक फ्रन्ट रेस्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् । पोखरा महानगरपालिका–३१ बेगनासतालस्थित बेगनास लेक फ्रन्ट रेस्टुरेन्ट र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीलाई उक्त रेस्टुरेन्टमा पाइने खाना तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता­पत्रमा बेगनास लेक फ्रन्ट रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर विश्वराज पौडेल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् । प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवार तथा ग्राहकले बेगनासतालको रमणीय दृश्यावलोकनको आनन्दका साथसाथै खाना र आवास सुविधामा १० प्रतिशत छुट पाउने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *