सत्तापक्षका सांसदहरू बोल्न थालेपछि रास्वपाका सांसदहरू सभाकक्षबाट बाहिरिए

काठमाडौं । प्रतिनिधिसभामा लामो समयदेखि विरोध गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु सत्तापक्षका सांसदहरू बोल्न थालेपछि सभाकक्षबाट बाहिरिएका छन् ।

अन्य दलका सांसदहरू बोल्दा वेलमा उभिएर विरोध गरेका उनीहरू सत्तापक्षका सांसद बोल्ने पालो आएपछि बाहिरिएका हुन् । हिजो (शनिबार) पनि रास्वपाले यस्तै गरेको थियो । रास्वपाका प्रवक्ता मनिष झा सत्तापक्षमा रहेको दुई तिहाइको दम्भ नसुन्न बहिष्कार गरेको बताएका छन् । रास्वपा भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर विगत २६ दिनदेखि आन्दोलनमा छ ।

तर, संसद्‍मा उनीहरूको अवरोधलाई वेवास्ता गर्दै सभामुखले संसद्को दैनिक कामकारबाही चलाउँदै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *