हुन्डाई नेपालले नेपालगञ्जमा ‘क्रेटा ईभी’ सार्वजनिक

काठमाडौं । नेपालमा हुन्डाई सवारीसाधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्ज क्षेत्रमा नयाँ ‘क्रेटा ईभी’ सार्वजनिक गर्दै विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका अनुसार यस कार्यक्रममा अहिलेसम्मकै व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ । ग्राहकलाई प्रदान गर्दै आएको उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभरि फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताको मन जित्दै आफूलाई नेपालको उत्कृष्ट अटो ब्रान्डका रूपमा स्थापित गरिसकेको जनाएको छ । कम्पनीका अनुसार नयाँ क्रेटा ईभी आगमनले विद्युतीय सवारीबारे दुविधा भएका ग्राहकलाई स्पष्ट निर्णय लिन सजिलो बनाउने छ । धेरैलाई ईभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टका विषयमा शंका हुने गर्दछ । तर, हुन्डाई नेपालले देशमै क्रेटा आईसीई, पेट्रोल मोडेलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आईसीई दुवै मोडेलमा एउटै प्ल्याटफर्म प्रयोग हुने भएकाले गाडी खरिदपछिको सेवा सुविधामा अब कुनै पनि समस्या नहुने कम्पनीले जनाएको छ ।

लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टम अझै मजबुत बनाउन रिल्याक्स चार्जिङ नेटवर्क विस्तार गर्दै छ, जसअन्तर्गत अहिले नै देशभरिका विभिन्न ठाउँमा रिल्याक्स डीसी र एसी गरी ६६ चार्जर सुचारु भइसकेको कम्पनीले जनाएको छ । यसले गर्दा ग्राहकलाई हुन्डाईको पेट्रोल (आईसीई) र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने कम्पनीको दाबी छ । नेपालभरि यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । सोही अभियान अन्तर्गत कम्पनीले ९ असारमा हुन्डाईको आधिकारिक डिलर हिम इन्टरकन्टिनेन्ल प्रालिको आयोजनामा पिस सिद्धार्थ कटेज रेस्टुरेन्ट सुर्खेत रोड नेपालगञ्जमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको थियो, जहाँ क्रेटा ईभीसहित हुन्डाईका अरू नयाँ मोडेल पनि प्रदर्शन गरिएका थिए । यस कार्यक्रममा ग्राहकको हुन्डाईप्रति उत्साहजनक क्रेज र विश्वास उल्लेखनीय देखिएको कम्पनीको भनाइ छ । साथै, प्रतिक्रिया र सहभागिता उल्लेखनीय रह्यो । पछिल्ला कार्यक्रमको रेकर्ड तोड्दै सोही स्थानबाट क्रेटा ईभीका ४ भन्दा बढी युनिटको बुकिङ कन्फर्म गरिएको जनाइएको छ । जसमा कार्यक्रम स्थलबाट ४ वटा क्रेटा ईभी ग्राहकलाई हस्तान्तरण पनि गरिएको कम्पनीले जानकारी दिएको छ । यसले यस क्षेत्रका मानिसहरूले हुन्डाईप्रति अद्वितीय विश्वास र भरोसा राखेको कम्पनीको भनाइ छ । सायद यस क्षेत्रमै हुन्डाईको एसेम्बली प्लान्ट रहेकाले यहाँका मानिसमा हुन्डाईको गाडी र सेवाप्रति बलियो विश्वास रहेको कम्पनीको दाबी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *