ढकालले दिएको रिटमाथि छलफल गर्न दुवै पक्षलाई सर्वोच्चले बोलायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पुर्व महामन्त्री डा. मुकुल ढकालले दिएको रिटमाथि छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।

ढकालले दिएको रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई १७ असारको लागि छलफलमा बोलाएको हो । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै ढकालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रूपमा रहेको कुरालाई यथावत राख्दै महामन्त्रीको रूपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *