सरकार आपसी सहमति अनुसार अघि बढिरहेको छ- शेरबहादुर देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार आपसी सहमति अनुसार अघि बढिरहेको बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले कांग्रेस–एमाले बिच भएको सहमति अनुसार सरकार अघि बढेको बताएका हुन् साथै उनले फरक दल भएकाले एमालेसँग बेलाबखत असमझदारी देखिनु सामान्य भएको बताएका छन् । उनले दुई दलबिच असमझदारी देखिए पनि सरकार आपसी सहमतिअनुसार अगाडि बढिरहेको बताए । ‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वाभाविक हो,’ ‘सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ ।’
सभापति देउवाले सरकारले गर्ने कुनै कुनै निर्णयमा फरक–फरक बुझाइ फरक दल भएकाले देखिने गरेको बताए । फरक दलबिच सत्ता सहकार्य गरेको समयमा धारणा फरक–फरक देखिनुलाई अनौठो मान्न नहुने उनको भनाई रहेको छ ।