अध्यक्ष नेपालका बारेमा नबोल्न, नलेख्न निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टी अध्यक्ष माधवकुमार नेपालका बारेमा नबोल्न, नलेख्न निर्देशन दिएको छ । पार्टीका महासचिव घनश्याम भुसालले पार्टीको आधिकारिक धारणासँग बाँझिने गरी नबोल्न निर्देशन दिएका हुन् । अध्यक्ष नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका विषयमा जेठ २२ गते प्रेस विज्ञप्तिमार्फत पार्टीको प्रारम्भिक धारणा स्पष्ट पारिएको समेत जनाएका छन् । पतञ्जली जग्गा प्रकरणमा मुद्दा दायर भएपछि नेपालको सांसद पद निलम्बन भएको छ ।

पार्टी नेतृ रामकुमारी झाँक्रीले शनिबार अर्ली महाधिवेशन गरेर पार्टीको अध्यक्ष फेर्ने प्रस्ताव गरेकी थिइन् । उनले मरेको सिनो काधँमा बोक्न नसकिने भन्ने गम्भीर अभिव्यक्ति दिएपछि आलोचना भइरहेको छ । यस परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रूपमा गर्ने नै छ । तसर्थ, पार्टीको आधिकारिक धारणासँग बाँझिने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ, भुसालले भनेका छन्, पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख्न तथा कुनै पनि बहानामा सार्वजनिक वाद–प्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *