साइबर अपराध गरेको आरोपमा पत्रकार पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर

काठमाडौं । साइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो । प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

पक्राउ गर्न नपाएपछि प्रहरीले पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छोरा जयवीर देउवाको हिल्टन होटलमा लगानी रहेको, अस्ट्रेलिया, क्यानडा, दुबईमा पनि लगानी रहेको दाबी गर्दै कार्यक्रम प्रशारण गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *