सुदूरपश्चिम प्रदेशमा लगातार भारी वर्षा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आइतबारदेखि लगातार भारी वर्षा भएको छ । बेलौरी, कृष्णपुर र धनगढी क्षेत्रमा अत्यधिक पानी परिरहेकाले डुबानको जोखिम बढेको छ । डुबानको जोखिम बढेसँगै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

जिल्लाका अधिकांश स्थानमा लगातार पानी परिरहेको छ भने डडेल्धुराको जोगबुढा क्षेत्र, डोटी र कैलालीका चुरे पहाडमा परेको वर्षाले त्यहाँबाट बग्ने खोलानदीमा पानीको बहाव बढेको छ । स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ परिचालनमा छन् । नागरिकहरूलाई नदी किनार, खोला आसपास र डुबान हुने स्थानहरूमा नजान आग्रह गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले हालसम्म प्रदेशको कुनै स्थानमा ठुलो क्षति पुगेको खबर भने प्राप्त नभएको जनाएको छ । तैपनि वर्षाले थप प्रभाव पार्न सक्ने भन्दै सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *