सीजीको ‘सीजी मेरिडिया ५५ इन्च काराओक क्यूएलइडी टीभी’ सार्वजनिक
काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले ‘सीजी मेरिडिया ५५ इन्च काराओक क्यूएलइडी टीभी’ सार्वजनिक गरेको छ । नेपाली बजारमा पहिलोपटक डिस्प्ले विथ बिल्ट इन काराओके इन्टरटेनमेन्टलाई एकैसाथ ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सीजीको लेभल अप अभियान अन्तर्गतको विकसित यो प्रविधिशील टेलिभिजन अब केवल हेर्नेमात्र होइन, गाउने, रमाउने र आफैंलाई प्रस्तुत गर्ने एक निजी स्टेज बन्न गइरहेको छ । यो केवल प्रविधि होइन, नेपाली दर्शकका लागि तयार पारिएको एक नयाँ जीवनशैली अनुभव भएको कम्पनीको भनाइ छ ।
उच्चस्तरको डिस्प्लेलाई इनबिल्ट काराओके प्रणालीसँग मिलाएर एउटा यस्तो उत्पादन ल्याइएको छ जसले प्रयोगकर्तालाई गाउने, रमाउने र आफ्नै घरभित्रै परिवार तथा प्रियजनसँग आफ्नो सेक्रेट रकस्टार उजागर गर्न प्रेरित गर्छ । ‘सीजीले सधैं नेपाली बजारमा नवीनतम प्रविधि ल्याउने लक्ष्य राखेको छ र मेरिडिया यस यात्राको अर्को ऐतिहासिक पाइला हो,’ सीजीको विज्ञप्तिमा उल्लेख छ । क्यूएलईडी काराओके टीभी देशभरिका सीजी डिजिटल शोरुम र आधिकारिक विक्रेताकोमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।