नेप्सेमा २५.८९ अंकको वृद्धि

काठमाडौँ । नेप्से परिसूचकमा आजपनि बढेको छ ।

आज नेप्से २५.८९ अंकले बढेर २७३१. ८० विन्दुमा कायम भएको छ ।  आजको कारोबारमा विभिन्न ३१२ कम्पनीका दुई करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज माई खोला हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ८.१५  प्रतिशतले बढेको छ भने मांडू हाइड्रोको सेयर मुल्य ६.७६ प्रतिशतले बढेको छ । त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मुल्य सबैभन्दा बढी ९.९२ प्रतिशतले घटेको छ भने राप्ती हाइड्रोको सेयर मुल्य ६.४७ प्रतिशतले घटेको छ ।  

आज सबै भन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५७ करोड ५ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *