‘रविमाथि राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाउन आएकी हुँ’
काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जाहेर गरेकी छन् ।
विहिबार मनिषाले रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर हस्ताक्षर अभियानमा ऐक्यवद्धता जाहेर गरेकी हुन् । सो अवसरमा उनले रवि लामिछानेमाथि राज्यबाट अन्याय र दुर्व्यबहार भएकोप्रति एउटा आम नागरिकको नाताले आवाज उठाउन आएकी प्रतिक्रिया दिएकी छन् । ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध छैन । एउटा आम नागरिकको नाताले रवि लामिछानेमाथि राज्यबाट अन्याय र दुर्व्यबहार भएको छ, त्यसको विरुद्ध आवाज उठाउन आएकी हुँ ।’
रास्वपाले रवि लामिछानेमाथि राज्यले प्रतिशोधपूर्ण व्यबहार गरेको भन्दै देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ ।