टिचिङको इमर्जेन्सी वार्डमा १५ शय्या थप

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा इमर्जेन्सी ग्रीन एरिया वार्डमा १५ शय्या थपिएको छ । साथै आधुनिक थ्री टेस्ला एमआरआई सेवा समेत सुरु भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ बजेट दिएको थियो । सेवा शुरुआत गर्दै स्वास्थमन्त्री प्रदीप पौडेलले टिचिङ अस्पतालप्रति नागरिकको भरोसा रहेको बताए । अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सहज हुने भन्दै मन्त्री पौडेलले थप विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने प्रतिबद्धता व्यक्त गरे । ‘टिचिङको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ,’ मन्त्री पौडेलले भने ।

अस्पतालका निर्देशक प्राडा सुभाष आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पताल बाहिर जानु नपर्ने बताए । बिरामी संख्या अधिक भएपनि इमर्जेन्सीमा शय्या अभाव हुँदा एउटै बेडमा दुई जनासम्म भर्ना गर्नु परेकाले थपेर ग्रीन एरियामा १५ शय्या पुर्याइएको हो । यसअघि उक्त वार्डमा जम्मा आठ वटा मा बेड थिए । अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउनेछन् । सामान्य प्रकृतिका स्वास्थ्य समस्याका विरामी राखिने एल्लो एरियामा भने अब २० शय्या हुने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *