काठमाडौँ महानगरपालिकाको १७ औँ नगर सभा सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १७ औँ नगर सभा सुरु भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज ल्याउने गरी महानगरको नगर सभा सुरु भएको हो । दिउँसो दुई बजेका लागि बोलाइएको बैठक केही बेर ढिलो गरी सुरु भएको हो । गत शुक्रबार बसेको ४०औँ कार्यपालिका बैठकमा मेयर बालेन साहले बजेट ल्याउन प्रस्ताव गरेका थिए । राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ ।

आज सोही बराबरको बजेट प्रस्तुत हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *