काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आज आइतबार बसेको १७ औँ नगर सभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् । २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो । बजेट ल्याउनुअघि मेयर बालेन्द्र साह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० भित्र सभामा पेस गर्नुपर्ने उल्लेख भएपनि काठमाडौं महानगरमा मेयर बालेन शाह र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंबीचको विवादले सो समयभित्र नीति तथा कार्यक्रम र बजेट आउन नसकेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *