प्रतिनिधि सभाको आजको बैठकमा दुई वटा विधेयक पेस
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा दुई वटा विधेयक पेस भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हालेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गरे ।
यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गरे ।