सिटिजन्स बैंककी संचालक इला शर्माको निधन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिको सदस्य इला शर्माको करीब ६० बर्षको उमेरमा असार २८ गतेको दिन हृदयाघातका कारण निधन भएको छ । शर्माको स्वास्थमा असज महशुस भएपछि नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । शर्मा विगत १ बर्ष देखि सिटिजन्स बैंकको समिति सदस्यमा थिइन् । कानुनमा विशेष अनुभव सँगाल्नुभएकी शर्मा पूर्वनिर्वाचन आयुक्त हुन ।

उनले त्रिभुवन विश्वविद्यालय बाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम गर्नुभएको थियो साथै युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल विजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम गरेकी थिइन् । उनीसँग अन्तराष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव थियो । निर्वाचन सम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्षसमेत रहेकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *