प्रधानमन्त्रीद्वारा अग्र्यानिक खाना खान सुझाव
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाई नोक्सान नगर्ने अर्ग्यानिक खाना खान सुझाव दिएका छन् ।
आज सोमबार भाटभटेनी समूहद्वारा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन शिक्षण अस्पताललाई हस्तान्तरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै ‘निरोगी नेपाल’ को नारा दिएको बताए। निरोगी नेपालका दुई वटा पक्ष रहेको उल्लेख गर्दै एउटा बिरामी नै हुन नदिने र अर्को बिरामी भए पनि तत्काल उपचार हुने स्थितिको निर्माण गर्ने रहेको बताए। निरोगी रहने सम्भावना कम हुँदै गएको भन्दै यस स्थितिमा सुधार गर्न जरुरी रहेको बताए।
स्वास्थ्यका लागि खाना खानुपर्ने र सन्तुलित खानेकुरा खानुपर्ने बताए। अरूको उपचार मात्रै गर्ने नभई आफ्नो स्वास्थ्य पनि ठीक राख्न व्यायाम, प्राणायाम गर्न चिकित्सकहरूसँग आग्रह गरे।