प्रधानमन्त्री ओलीले बोलाए मन्त्री गप्तालाई बालुवाटार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन् ।

विवादित बनेका मन्त्री गुप्तासँग छलफलका लागि प्रधानमन्त्री ओलीले बोलाएको स्रोतले जनाएको छ । गुप्ताले भूमि आयोग बनाउन विचौलियासँग गरेको संवाद बाहिरिएको छ । कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस संवाद बाहिरिएको थियो ।

अडियो सार्वजनिक भएपछि गुप्तालाई प्रधानमन्त्री ओलीले बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ । सोहि विषयबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *