इजरायलले गर्यो सिरियाको राजधानी दमास्कमा हवाई आक्रमण

काठमाडौँ । इजरायलले हिजो बुधबार सिरियाको राजधानी दमास्कसमा हवाई आक्रमण गर्यो । उक्त आक्रमणको दृश्यहरु यतिबेला सामाजिक सञ्जालमा निकै चर्चामा आएको छ ।

विशेषगरी एक दृश्य जहाँ एक महिला समाचारवाचिका अथात् एंकर एक लाइभ टेलिभिजनमा समाचार पढिरहेकि हुन्छिन् सोहि प्रसारणको क्रममा प्रत्यक्ष रूपमा हवाई आक्रमण क्यामेरामा कैद भएको छ । जब भवन विस्फोटसँगै भत्किएको देखिएपछि एंकर डरले स्टुडियोबाट भागेकी थिइन्, उक्त दृश्यपनि टेलिभिजनबाट लाइभ प्रसारणमा समावेश भयो । यस्तै, अर्को भिडियोमा पत्रकार रिपोर्टिङ गर्दै गर्दा सोहि समयमा आक्रमण भएको देखिन्छ । यस्ता यस्ता विभिन्न लाइभ फुटेजहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

सिरियाली स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ३ जनाको मृत्यु भएको छ । त्यसैगरी ३४ जना घाइते भएका छन्। इजरायली सेनाले सिरियाको रक्षा मन्त्रालयको भवनलाई लक्षित गर्दै आक्रमण गरेको पुष्टि भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *