रास्वपाको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। 

आफूलाई अभियन्ताका रूपमा चिनाउँदै आएका युवराज सफलले रास्वपाको नाममा परेको स्वतन्त्र शब्द हटाउन माग गर्दै आयोगमा उजुरी दिएका हुन्। सफलले ‘स्वतन्त्र’ शब्द जोड्नुले स्वतन्त्र उम्मेदवारहरूको पहिचान र अधिकारमाथि प्रहार भएको तर्क गरेका छन्। कुनै पनि राजनीतिक दल निश्चित विचार, सिद्धान्त र कार्यक्रममा आधारित हुन्छ। तसर्थ, दल आफैँमा स्वतन्त्र हुन सक्दैन। यो शब्दले आम मतदातामा भ्रम छरेको छ र स्वतन्त्र उम्मेदवारहरूको हक खोसेको छ,’ निवेदनमा भनिएको छ।

यस्तै, निवेदनमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ प्रति पनि गम्भीर आपत्ति जनाइएको छ। ‘घण्टी’ नेपालका बहुसङ्ख्यक हिन्दु धर्मावलम्बीहरूको आस्था र विश्वाससँग जोडिएको धार्मिक प्रतीक भएकाले यसलाई राजनीतिक दलको चुनाव चिह्न बनाउनु धार्मिक मान्यतामाथिको प्रहार भएको सफलको जिकिर छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *