सुनको मूल्य आज सामान्य बढ्यो, एक लाख ९२ हजार ३ सयमा कारोबार
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर तोलाको एक लाख ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९२ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको २२६५ रुपैयाँमा कारोबार भइरहेको छ ।