कर्णाली विकास बैंकको घोटाला प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ

काठमाण्डौं । कर्णाली विकास बैंकको घोटाला प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले शुक्रबार काठमाडौंको टोखा क्षेत्रबाट राष्ट्र बैंकका पूर्वअनुमगन अधिकृत भुवन बस्नेतलाई पक्राउ गरेको हो। सिआइबी स्रोतका अनुसार उनी कर्णाली विकास बैंकको अनुगमनका लागि खटिएका अधिकृत थिए। यो सँगै यस बैंकको घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको छ। यसअघि प्रहरीले नेकपा (एमाले)का नेता पशुपति दयाल मिश्रलाई पक्राउ गरेको थियो।

उनी बैंकको तत्कालीन अध्यक्ष थिए। मिश्र २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार भई पराजित भएका थिए। मिश्र २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए। त्यस्तै तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पनि पक्राउ परिसकेका छन्। कर्णाली विकास बैंकमा २ अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना भएको सिआइबीको निष्कर्ष छ। उनीहरूमाथि अनुसन्धान गर्न सिआइबीको टोली नेपालगञ्जमै छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *