न्यायाधीश भरत लम्सालले पदबाट दिए राजीनामा
काठमाडौं । उच्च अदालत विराटनगरअन्तर्गत ओखलढुङ्गा इजलासमा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्।
लम्सालले बिहीबार सर्वोच्च अदालतमा उपस्थित भई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई राजीनामा पत्र बुझाएका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार लम्सालले स्वास्थ्य समस्या भएको जनाउँदै राजीनामा दिएका हुन्।
उनको नियमित अवकाश एक वर्षपछि तय भए तापनि उनले समयअघि नै पद त्याग गरेका हुन्।