नेपाल एसबिआई बैंकको ऋणपत्र चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडद्वारा जारी ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९० को निष्कासन सम्पन्न भएको छ। कुल ३० लाख इकाइ, प्रत्येक रू. १,००० अंकित मूल्यका साथ रु. ३ अर्ब बराबरको यो ऋणपत्र चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ। २०७८ असार ३० गतेदेखि साउन १ गतेसम्म खुलेको उक्त निष्कासनमा १ करोड २० लाखभन्दा बढी इकाइका लागि आवेदन प्राप्त भएको बैंकले जनाएको छ।

यस ऋणपत्रमध्ये १८ लाख इकाइ निजी प्लेसमेन्टमार्फत र १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइएको थियो। सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात् ६० हजार इकाइ म्युचुअल फन्डहरूका लागि आरक्षित गरिएको थियो। १० वर्ष अवधिका लागि जारी यो ऋणपत्रमा ७ प्रतिशत वार्षिक ब्याजदर प्रस्ताव गरिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट २०८२ जेठ ७ गते स्वीकृति प्राप्त यस ऋणपत्रको निष्कासन तथा बिक्री व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गरेको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *