मञ्जुश्री फाइनान्सको खिचापोखरी शाखा कार्यालय स्थानान्तरण
काठमाण्डौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै काठमाडौंको खिचापोखरी, न्यूरोडस्थित शाखा कार्यालयलाई नयाँ स्थानमा स्थानान्तरण गरेको छ। कम्पनीले आइतबारदेखि शाखा कार्यालयलाई करिब ५० मिटर उत्तरतर्फ सारेर नयाँ स्थानबाट औपचारिक रूपमा सेवा सुरु गरेको हो। स्थानान्तरण गरिएको शाखाको समुद्घाटन फाइनान्सका सञ्चालक समिति अध्यक्ष सुमनप्रसाद अधिकारीले गरेका थिए। शाखा व्यवस्थापक सन्जीब श्रेष्ठका अनुसार ग्राहकको सहजता र पहुँचलाई मध्यनजर गर्दै शाखाको स्थानान्तरण गरिएको हो।
मञ्जुश्री फाइनान्सले हालसम्म करिब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १८.८ अर्ब रुपैयाँभन्दा बढी कर्जा परिचालन गरिसकेको छ। फाइनान्सले आकर्षक ब्याजदरमा निक्षेप संकलन गर्दै सुलभ दरमा कर्जा प्रवाह गर्दै आएको जनाएको छ। हाल देशभर २७ शाखा तथा १ विस्तारित काउन्टरमार्फत सेवा दिइरहेको मञ्जुश्री फाइनान्सले हालसम्म १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा प्रदान गरिसकेको छ। कम्पनीले आफुलाई देशकै अग्रणी फाइनान्स कम्पनीका रूपमा स्थापित गर्दै आएको दाबी गरेको छ। ग्राहक सेवा विस्तार र पहुँच अभिवृद्धिका लागि शाखा स्थानान्तरण कम्पनीको दीर्घकालीन रणनीतिअन्तर्गत गरिएको फाइनान्सले जनाएको छ।