अन्तर स्कुल क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौं । क्वालिटी काठमाडौं स्कुल्स (क्युकेएस)को आयोजनामा आगामी नोभेम्बरमा अन्तर स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजकले जानकारी गराएअनुसार क्युकेएस अन्तर स्कुल क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आगामी नोभेम्बर २० मा धुम्बाराही क्रिकेट मैदानमा सुरु हुनेछ । प्रतियोगिताका सहभागीले आफ्नो स्कुलमा अध्ययनरत विद्यार्थीबाट छात्र तथा छात्रा जसलाई पनि टिममा समावेश गर्न पाउने व्यवस्था राखिएको आयोजकले जानकारी गराए ।

प्रतियोगिताका सबै खेलहरू १० ओभरका हुनेछन् । प्रतियोगितामा क्युकेएसको छातामुनि रहेका २५ स्कुलमध्ये १६ टिमको सहभागिता अपेक्षा गरिएको छ । लिगकम नकआउट प्रणालीमा हुने प्रतियोगितामा विजेता र उपविजेतासँगै सर्वोत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, सर्वोत्कृष्ट बलर र सर्वोत्कृष्ट ब्याटरले पुरस्कार पाउने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *