नेपाली राष्ट्रिय टोलीको भारत बैंग्लोरमा प्रशिक्षण
काठमाडौँ । आइसीसी टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीका सदस्यहरू भारतको बैंग्लोरमा प्रशिक्षण सुरु गरेको छ।
भारतको सहयोगमा नेपालका २० जना खेलाडीहरू बैंग्लोरस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण सुरु गरेका हुन्।प्रशिक्षणमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिल साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, रुपेश सिंह, विवेक यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दीप जोरा, सागर ढकाल, आकाश चन्दर शुभ कंशकार रहेका छन्।
पछिल्लो समय नेपाली क्रिकेटको विकासमा छिमेकी मुलुक भारतको निरन्तर सहयोग गर्दै आएको छ। जनवरी २०२४ मा भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणपछि नेपाली क्रिकेटको विकासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको हो। त्यतिबेला भारतीय विदेश मन्त्री जयशंकरले नेपाल क्रिकेट संघ (क्यान)का प्रतिनिधिहरूसँग नेपालको समग्र क्रिकेटको विकासबारे छलफल गरेका थिए। छलफलमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कप्तान रोहित पौडेलसहितका खेलाडीहरू सहभागी थिए। विदेश मन्त्री जयशंकरले त्यतिबेला नेपाली क्रिकेटको विकासमा भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
सोही भेटपछि क्यान र भारतको क्रिकेट बोर्ड बीसीसीआईबीच सहकार्य हुँदै आएको छ।