विपीलाई नबुझेका कारण राजसंस्था इतिहास बनेको महामन्त्री शर्माको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपी कोइरालालाई नबुझेका कारण नेपालको राजसंस्था अहिले इतिहास बनेको टिप्पणी गरेका छन्।

४३ औं विपी स्मृति दिवसको अवसरमा मंगलवार बसुन्धरामा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधारः विपी विचार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विपी कोइरालाको विचारलाई राजसंस्थाले अपव्याख्या गरेको बताए। “राजा र मेरो गर्दन जोडिएको छ भन्ने विचारलाई राजसंस्थाले अपव्याख्या गर्‍यो, त्यसको परिणामस्वरूप राजसंस्थाको पनि अन्त भयो,” शर्माले भने। उनले विपीलाई बुझ्ने सवालमा नेपाली कांग्रेस, कम्युनिस्ट आन्दोलन र राजसंस्थासमेतबाट कमजोरी भएको उल्लेख गरे ।  महामन्त्री शर्माले भने, ‘हामीबाट भएको एउटा कमजोरी छ, नेपालको कम्युनिष्ट आन्दोलनले बीपी कोइरालालाई बुझ्ने सवालमा अर्को कमजोरी छ । राजसंस्थाले, राजाहरूले गर्ने कमजोरीको अर्को पाटो छ ।’

“विपी कोइरालालाई सही तरिकाले जति चाँडो बुझ्न सकिन्छ, त्यति नै चाँडो देशको उन्नति सहज बन्छ,” उनले भने, “विपीलाई आत्मसात् गर्ने सवालमा सबै पक्षबाट कमजोरी भएको छ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *