सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटलसँग गर्यो सम्झौता
काठमाडौं । सारथी केवल इन्डष्ट्रीज लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि सम्झौता भएको छ । सम्झौतापत्रमा सारथी केवल इन्डष्ट्रीजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । कम्पनीले आर्थिक वर्ष २०८२।८३ मा आफ्ना जारी पूँजीको २० प्रतिशत सर्वसाधारणलाई सार्वजनिक गर्ने योजना सार्वजनिक गरेको छ । यस आईपीओमार्फत संकलित रकम कम्पनीले अन्डरग्राउन्ड केबल उत्पादन सुरु गर्ने र आल्मुनियम फर्नेन्स प्लान्ट स्थापना गर्ने लक्ष्य राखेको छ ।
नेपालमा करिब ८३ हजार मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको पृष्ठभूमिमा सारथी केवलको भूमिका अझै महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । कम्पनीले मल्टीस्ट्रान्ड केबल, पावर केबल, कन्सेन्ट्रिक केबल र एसीएसआर कन्डक्टरजस्ता केबल उत्पादनमा विशेषज्ञता राखेको छ । १८ वर्षदेखिको अनुभव बोकेको यस कम्पनीले भविष्यमा नेपालको प्रसारण तथा वितरण प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।