अन्जु गौतमको ‘आयो है तीजको लहर’ गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा सांगीतिक माहोल पनि तीजमय बन्न थालेको छ। प्रत्येक वर्ष झैं यसपालि पनि बजारमा एकपछि अर्को गर्दै तीजका नयाँ गीतहरू सार्वजनिक भइरहेका छन्। यही क्रममा लोकप्रिय गायिका अन्जु गौतमको सुमधुर स्वरमा सजिएको नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक भएको छ।
अन्जु गौतम को स्वरमा गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । लोकप्रिय गायिका अन्जु गौतम को स्वर तथा हरि सिवाकोटीको शब्द रचनामा तयार भएको गीत कहिदिन अघि सार्वजनिक भएको हो । सङ्गीतकर्मी कुन्दन राईले सङ्गीत, मिक्सिङ र मास्टरिङ गरेको गीत मौलिक शब्द, सङ्गीत, मौलिकता र सांस्कृतिकपनसँग सम्बन्धित छ । भिडियो सार्वजनिक भएसँगै लोकप्रियता साथसाथै दर्शकको साथ पाउन सफल भएको छ ।
नेपाली हिन्दु नारीहरुको आस्थाको धरोहरका रुपमा रहेको तीजको धार्मीक तथा संस्कृतीक महत्व पनि उत्तिकै रहेको छ ।गीतको म्युजिक भिडियोमा गायिका अन्जु गौतमसँगै चर्चित युवा कलाकार ज्योति खड्काको आकर्षक अभिनय देख्न सकिन्छ । गीतको निर्देशन विजय मगरले गरेका छन् भने कोरियोग्राफी अनमिका लामिछानेको रहेको छ।
तीज नेपाली हिन्दु नारीहरूको आस्थासँग गहिरोसँग गाँसिएको पर्व हो, जसले धार्मिक, सांस्कृतिक र सामाजिक पक्ष उजागर गर्छ। यही सन्देश बोकेको ‘आयो है तीजको लहर’ गीतले परम्परा र आधुनिकताको सन्तुलन कायम गर्दै नयाँ पुस्तालाई पनि सांस्कृतिक चेतना र अभिमानको अनुभूति दिलाउने विश्वास लिइएको छ।
अन्जु गौतमको ‘आयो है तीजको लहर’ गीतको भिडियो