थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद बढ्यो
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद भएको छ ।
थाई रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार, कम्बोडियाका अधिकारीहरुले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएका छन् । त्यसपछि थाई सेनाले कम्बोडियाको भूमिमा हवाई आक्रमण गरेको जनाइएको छ । कम्बोडयाको रक्षा मन्त्रालयले पनि थाई सेनाले सीमा नजिककै रहेको प्राचीन प्रेह भिहेयर मन्दिर नजिकै सडकमा बम खसाल्न लडाकु विमान प्रयोग गरेको जनाइएको छ ।
थाइल्यान्डको विदेश मन्त्रालयले कम्बोडियालाई यस्ता कार्यहरू रोक्न आग्रह गरेको छ, जसलाई उसले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भनेको छ। मन्त्रालयले यदि कम्बोडियाले सशस्त्र आक्रमण जारी राखेमा थाइल्यान्ड आत्म(रक्षाका उपायहरूलाई तीव्र पार्न तयार रहेको पनि बताएको छ।
















